खरसाङ डाउहिलको सार्वजिक भवन सुवास घिसिङको नाममा नै राखिनु पर्छ: शान्ता छेत्री

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत डाउहिलमा निर्माण गरिएको एउटा सार्वजनिक भवनको नामकरणलाई लिएर विवाद निक्कै चुलिएर गएको छ। उक्त भवन गोरामुमोका पूर्व अध्यक्ष दिवङ्गत सुवास घिसिङको नाममा स्वर्गीय सुवास घिसिङ मेमोरियल कम्युनिटी हल भनेर राखिएको थियो भन्ने दावी गोरामुमो समर्थकहरूको छ भने तिनीहरूले सुवास घिसिङको नामलाई हटाएर वर्तमान नगरपालिका बोर्डले नगरपालिका भवन बनाएको आरोप रहेको छ। यसै प्रसंगलाई लिएर राज्यसभा सांसद शान्ता छेत्रीले पनि मुख खोलेकी छन्। तिनले जारी गरेको बयान अनुसार उक्त भवनको नाम अरु कसैले पनि होइन तर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले नै स्वर्गीय सुवास घिसिङको नाममा नामाकरण गरेको हो भनी दावी गरेकी छन्। तिनले मुख्यमन्त्री ममता ब्यानर्जीकै पहलमा निर्माणाधीन प्रेसिडेन्सी कलेजकै नजिक अथवा डाउहिल स्कूलको मुन्तिर बनिएको उक्त सार्वजनिक भवन पनि स्वर्गीय सुवास घिसिङ कम्युनिटी हल मुख्यमन्त्रीकै एउटा परियोजना रहेको बताउँदै औ उक्त भवन गोरामुमो पार्टीका पूर्व अध्यक्ष सुवास घिसिङको स्मरणमा बनाएको हो भनी जनाएकी छन् भने जसको निर्माण पश्चिम बंगालको पीडब्लूडी विभाग, खरसाङद्वारा गरिएको अवगत गराएकी छन्। सांसद छेत्री अनुसार उक्त भवनको निर्माण कार्य 25 अक्टोबर 2019 मा नै समाप्त भएको हो अनि पीडब्लूडी विभागले 10 फरवरी 2020 मा खरसाङ नगरपालिकालाई हस्तान्तरण गरेको हो। त्यसबेला हस्तान्तरण गर्दा पनि स्वर्गीय सुवास घिसिङ मेमोरियल कम्युनिटी हल भनी नामाकरण गरिएको थियो भनी जनाइन्। तिनले एक वर्ष तीन महिनापछि मात्र यो भवनको उद्घाटन गरिएकोमा दु:ख व्यक्त गर्दै अझ नामाकरणमा भूल गरिएको बताएकी छन्। तिनले नगरपालिका भवनको नाम उल्लेखित गरिएकोमा आपत्ति जनाउँदै जसरी सम्बन्धित विभागले हस्तान्तरण गर्दा सुवास घिसिङको नाममा नै गरेको थियो सोही नाममा भवनको नाम राख्नु पर्छ भनी आग्रह गरेकी छन्। तिनले सुवास घिसिङ पहाड़को एक वरिष्ट नेता थिए भन्दै तिनको नाममा संग्राहलय बनाइए अझ असल हुने बताउँदै खरसाङ नगरपालिका एउटा सिभिक बडी हो भन्दै नगरपालिकालाई जति पनि विकासको निम्ति फण्डहरू उपलब्ध गराइन्छ ती सबै पश्चिम बंगाल राज्य सरकारद्वारा उपलब्ध गराइन्छ भनी जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes