खरसाङ दुर्घटनामा प्राण गुमाउने परिवारका सदस्यहरूलाई समवेदना प्रकट

सिलगढी : खरसाङको रोहिणी रोडमा गत 15 अगस्त अबेर राति भएको वाहन दुर्घटनामा परेर सिलगढीका 5 जना युवकको मृत्यु भएको थियो। यिनीहरूमध्ये एकजना सिलगढीको मिलनपल्ली निवासी राज सिंह सामेल थिए। उक्त घटनाले तिनका परिवार साथै इलाकामा शोकको लहर छाएको छ। यसै क्रममा, आज दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले मृतकका परिवारका सदस्यहरूसित भेट गरे। यस अवसरमा पीडित परिवारका सदस्यहरूप्रति समवेदना प्रकट गर्दै दुखको यस क्षणमा आफू पनि परिवारको साथमा रहेको बताए। अर्कोतिर, सिलगढी नगरनिगका प्रशासक चेयरम्यान अशोक भट्टाचार्यले पनि आज दुर्घटनामा परेर ज्यान गुमाउने परिवारका सदस्यहरूसित भेटेर समवेदना प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *