खरसाङ फुटबल एसोसिएसनद्वारा नगरपालिका चेयरम्यान र भाइस चेयरम्यानसित भेटघाट

खरसाङ : खरसाङ फुटबल एसोसिएशनका सदस्यहरूद्वारा खरसाङ नगरपालिकाका नव गठित वोर्ड अफ् काउन्सिलरका चेयरम्यान ब्रिगेन गुरूङ अनि भाइस चेयरम्यान सुवास प्रधानसित भेटघाट गरे। उक्त भेट अवधि खरसाङ फुटबल एसोसिएसनको तर्फबाट नवगठित बोर्डप्रति हार्दिक बधाई तथा अभिनन्दन ज्ञापन टक्राएको छ। खरसाङ फुटबल एसोसिएशनका पदाधिकारीहरूद्वारा खदार्पण गरेपछि नगरपालिकालाई पनि सहयोग गर्ने कतिपय सुझाउ खरसाङ फुटबल एसोसिएशनका अध्यक्ष नर्बु शेर्पाले राखे भने एसोसिएसनको पक्षबाट आगामी दिनहरूमा आपस्तमा समन्वय राखी अघि बढने अरू पदाधिकारीहरूद्वारा जनाएका छन्। त्यसरी नै नगरपालिका चेयरम्यान ब्रिगेन गुरूङले पनि संघ संस्थाहरू अघि आएर सहयोगको हात बढ़ाउने अपील गरे साथै भाइस चेयरम्यान सुवास प्रधानले सामर्थ्य अनुसार सहयोग पुऱ्याउने र पहिलोको जस्तो फुटबललाई लोकप्रिय बनाउने विषय वस्तुहरू राख्दै फुटबलको गरिमा फर्काउने तथा खरसाङ नगरपालिकालाई उन्नत तथा उच्च दर्जामा पुऱ्याउने सुझाउ राखेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *