खरसाङ फुटबल एसोसिएसनको गर्ल्स फुटबल टुर्नामेन्टमा तीनवटा खेल सम्पन्न

खरसाङ: खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजना भइरहेको गर्ल्स फुटबल टुर्नामेन्टको दोस्रो दिन आज तीनवटा खेल सम्पन्न भयो। आजको तीनवटा फुटबल खेलमध्ये पहिलो खेल गिताङ्गे बनाम गैरी गाउँ टुंगमाझ सम्पन्न भयो जसमा 6-0 गोलको अन्तरले जितेर गैरी गाउँ टुंग दोस्रो चरणमा प्रवेश गर्यो। उक्त खेलमा टुंगका मिङमा लमु भोटिया प्लेयर अफ् द म्याज चयन भइन्।


यसैगरी, दोस्रो खेल लाब्दा बनाम मकैबारीमाझ सम्पन्न भयो जसमा लाब्दा 5-0 गोलले विजय बन्यो भने प्लेयर अफ् द म्याज प्रियंका खवास भइन्। आजको अन्तिम खेल गैरी गाउँ टुंग बनाम सोनादा युनाइटेडमाझ भयो जसमा सोनादा युनाइटेड 4-1 गोलले जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलमा प्लेयर अफ् द म्याच छिरिङ डोमा चयन भइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *