खरसाङ घैयाबारीको लोवर गैरी गाउँमा चुनावी सभा

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा गणेश तामाङको अध्यक्षतामा सम्पन्न भयो। उक्त चुनावी सभा घैयाबारी ग्राम पञ्चायत तीनको 254 नम्बर बुथलाई लिएर सम्पन्न भएको थियो। घैयाबारीको 254 बुथका सचिव रुपेश गदालले सञ्चालन गरेको चुनावी सभा घैयाबारी ग्राम पञ्चायत तीनको 254 नम्बर बुथका दुईजना पञ्चायत सदस्य प्रार्थीहरू उषा खाती र नवराज प्रधान साथै पञ्चायत समितिको प्रार्थी कुसुम तामाङको समर्थनमा आयोजना गरिएको थियो। उक्त चुनावी सभामा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समष्टी सभापति राजीव थापा लगायत अन्यहरू उपस्थित थिए। उक्त चुनावी सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *