खरसाङ घैयाबारीमा दुर्गा मल्लको बलिदान दिवस पालन

खरसाङ (निसं) : भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक कमिटी अन्तर्गत घैयाबारी शाखाको आयोजनामा आज खरसाङको घैयाबारीमा आज देश स्वतन्त्रता सेनानी सहिद दुर्गा मल्लको बलिदान दिवस कार्यक्रम सम्पन्न गरियो। भागोप खरसाङ आञ्चलिक कमिटीको अध्यक्ष सहदेव चामलिङको अध्यक्षतामा अनि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत सम्भाषण भागोप घैयाबारी शाखाको उपाध्यक्ष हेमराज गुरुङले राखेका थिए।


कार्यक्रमको आरम्भमा सभाध्यक्ष, प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूद्वारा गोर्खा स्वतन्त्रता सेनानी सहिद दुर्गा मल्लको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जलि अर्पण गर्नको साथै भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक कमिटीका पदाधिकारीहरूले भागोपको उद्बोधन गीत प्रस्तुत गरेका थिए। बलिदान दिवस कार्यक्रममा यहाँका विभिन्न स्कूलका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। यस अन्तर्गत घैयाबारीका विद्यालयहरू क्रमैले नेताजी हाई स्कूल, ब्लु डाईमण्ड स्कूल, ज्याप डोभियल एकाडेमीका विद्यार्थीहरूले खुबै रोचक ढंगमा देशभक्ति गीत, कविता, नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा नेताजी हाई स्कूलका शिक्षक प्रभारी दिनेश प्रधान, ब्लु डाईमण्ड स्कूलकी प्रचार्य मार्थारानी राई, तिलक शर्मा, ग्याल्पो लामा, सोनु पाख्रीन, सुरेशचन्द्र दर्नाल आदिले वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *