खरसाङ गिद्धपहाड़-को स्वतन्त्र प्रार्थी सन्तकिशोरले गरे सिरूबारी र गौरीशंकर चिया बगानमा प्रचार

खरसाङ (निसं) : आगामी जीटीए चुनाउको लागि 29 नम्बर खरसाङ गिद्धपहाड़ समष्टिको स्वतन्त्र उम्मेद्वार सन्तकिशोर गुरुङ ‘सन्तु’ ले आज खरसाङको सिरूबारी बस्ती र गौरीशंकर चियाबगान क्षेत्रमा चुनाउ प्रचार गरे। उनले यस अवधि घर-घरमा पुगेर जनतालाई भेट्ने कार्य गरे भने आफु यसपाली स्वतन्त्र प्रार्थीको रूपमा खड़ा भएको बताउँदै जनतालाई भोट गरिदिने निवेदन गरेका छन्। यस भ्रमण अवधि खरसाङ गिद्ध पहाड़ समष्टिको स्वतन्त्र उम्मेद्वार सन्तकिशोर गुरुङले जीटीए सम्झौतामा उल्लेखित विभिन्न विकास कार्यको जानकारी माग्दै नेताहरूलाई प्रश्न तेर्साएका छन्। तिनले बन्सल कम्पनीद्वारा पिड़ित मजदुरहरूसित आफु साथमा रहेको पनि बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *