खरसाङ गिद्ध पहाडमा च्याऊ खेती विषयमा प्रशिक्षण शिविर

खरसाङ (निसं) : जीटीए हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीको पहलमा गिद्ध पहाड़स्थित जीटीएको सचिवालयमा आज च्याऊ खेती विषयमा प्रशिक्षण शिविर सम्पन्न भयो। उक्त शिविरमा खरसाङ खण्ड अन्तर्गत पर्ने घैयाबारी ग्राम पञ्चायत एक, रोहिणी क्षेत्र र खरसाङका केही गाउँका च्याऊ खेतीमा रुची भएकाहरूलाई लिएर यसको खेती विषयमा प्रशिक्षण दिइयो। उक्त च्याऊ खेती प्रशिक्षणमा हर्टिकल्चर विभाग जीटीएको सिनियर सेन्टिफिक अफिसर महादेव छेत्री, जुनियर सेन्टिफिक अफिसर निसन भोटिया र टिस्यु कल्चर विषयको शोध व्यक्ति याङडुप लामा विशेष रुपमा उपस्थित थिए। उक्त प्रशिक्षण शिविरमा स्वागत सम्भाषण विभागीय एमओडी सभासद प्रणाम रसाइलीले राखेका थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधानले पनि आफ्नो वक्तव्य राखिन्। भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोनको अध्यक्षतामा सम्पन्न च्याऊ खेतीबारे गरिएको प्रशिक्षण शिविरमा हर्टिकल्चर विभागको सिनियर सेन्टिफिक अफिसर महादेव छेत्री र जुनियर सेन्टिफिक अफिसर निशन भोटिया र शोध व्यक्ति याङडुप लामाले च्याऊ खेती विषयमा प्राक्टिकल रूपमा जानकारी गराइयो। यस प्रशिक्षणमा उपस्थित भएकाहरूलाई च्याऊ खेतीको लागि च्याऊको बीजहरू पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *