खरसाङ गिद्ध पहाड समष्टिमा मिशन जागरण अन्तर्गत घर दैलो अभियान

खरसाङ (निसं): भागोप्रमोको 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिद्वारा मिशन जागरण अन्तर्गत घर दैलो अभियान कार्यक्रम शुरू गरेको छ। 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टि अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायत प्रधान रिना छेत्री अनि उप प्रधान आशिष छेत्रीको अगुवाईमा गिद्ध पहाडको गोदाम पाखा गाउँमा मिशन जागरण अन्तर्गत घर दैलो अभियान सम्पन्न गरियो। यस मिशन जागरण कार्यक्रममा विशेष रूपमा 29 नम्बर समष्टिका महासचिव एवम् पञ्चायत समिति सदस्य भक्तिमान तामाङ, जोनल नारी शक्ति अध्यक्षा ज्योती छेत्री, को-अर्डिनेशन टोलीका पवन बस्नेत अनि शिव गिरी लगायत नारी जोनल समितीका सदस्याहरू उपस्थित थिए। उक्त मिशन जागरण अन्तर्गत घर दैलो कार्यक्रममा ग्रामवासीहरूलाई जागरुक गराउन उप प्रधान आशिष छेत्री, पञ्चायत प्रधान रिना छेत्री अनि समष्टि सचिव भक्तिमान तामाङले सम्बोधन गरे। 29 नम्बर समष्टिद्वारा मिशन जागरण अन्तर्गत घर दैलो अभियान गौरी शंकरमा पनि सम्पन्न गर्यो।


उक्त अभियानमा समष्टि सभापति पेमेन्द्र गुरुङ, खरसाङ खण्ड पञ्चायत समिति सभाधिपति अनु छेत्री प्रधान लगायत अन्यहरू उपस्थित थिए। घर दैलो अभियानमा वक्ताहरूले जनताको घर दैलोमा पुगेर विगत 15 वर्षमा केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूको लागि केही नदिएको तर केवल झुटको राजनीति गरेर गोर्खाहरूको कुनै पनि माग पुरा नगरेको अवगत गराए। वक्ताहरूले भाजपाले गरेको झुटको राजनीतिलाई यसपालीको लोकसभा चुनाउमा जवाब दिने आह्वान् गरेको जोनल नारी अध्यक्षा ज्योती छेत्रीले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *