खरसाङ गिद्ध पहाड़ समष्टिमा भागोप्रमो-को चुनावी सभा

खरसाङ (निसं) : खरसाङको 29 नम्बर समष्टि खरसाङ गिद्ध पहाड़ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई जिताउन लगातार रूपमा चुनावी सभा भइरहेको छ। यसै क्रममा आज खरसाङको वार्ड नम्बर 17 मा चुनावी सभा कमल निरौलाको अध्यक्षता र आनन्द गुरुङको सञ्चालनमा सम्पन्न भयो।


उक्त सभामा भागोप्रमो खरसाङ टाउन कमिटीका संयोजक समीरदीप ब्लोन, महकुमा समितिका प्रवक्ता सुवास प्रधान, 29 नम्बर समष्टिका सभापति पेमेन्द्र गुरुङले आ-आफ्नो वक्तव्य राखे। सभामा भागोप्रमो खरसाङ टाउन कमिटीका सांगठनिक सचिव दिपेन्द्र सेवा पनि उपस्थित थिए। सभापछि भागोप्रमो खरसाङ महकुमा समितिका प्रवक्ता सुवास प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै चुनावी सभा विषयमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *