खरसाङ गर्ल्स फुटबल टुर्नामेन्टमा सिटोङ र खरसाङ टोली अन्तिम चारमा प्रवेश

खरसाङ : खरसाङको मन्टिभियट खेल मैदानमा आज भएको गर्ल्स फुटबल टुर्नामेन्टको दुईवटा क्वार्टर फाइनलमा सिटोङ र खरसाङ टोलीले आ- आफ्नो खेलमा जितेर सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वार्टर फाइनल खेलमा जसमा सिटोङले 6-0 गोलको अन्तरले नवदीप युथ क्लब सिमिटारलाई जितेर सेमिफाइनलमा प्रवेश गर्न सफल बनेको छ। यस खेलमा ह्याट्रिक गर्ने महिला खेलाड़ी स्वार्णिम छेत्रीलाई प्लेयर अफ् द म्याच चयन गरियो।


यसैगरी, दोस्रो क्वार्टर फाइनल खेलमा खरसाङले तीनधारेलाई 5-2 गोलले पराजित गरेर सेमी फाइनलमा पुगेको छ। खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा सम्पन्न भइरहेको गर्ल्स फुटबल टुर्नामेन्ट गत 10 सेप्टेम्बरदेखि शुरु भएको छ भने यस टुर्नामेन्टको सेमी फाइनल खेल आगामी 16 सेप्टेम्बरको दिन सिटोङ बनाम गैरी गाउँ टुंगमाझ अनि अर्को सेमीफाइनल खेल लाब्दा बनाम खरसाङमाझ हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *