खरसाङ गोल्डकप शुरू : जर्जेन एफसी कालेबुङलाई पराजित गरेर युकेएफसी अघिल्लो चरणमा

खरसाङ : खरसाङमा 9 औं शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट आजदेखि शुरु भएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा खरसाङको चाँदमारी खेल मैदानमा शुरु भएको 9 औं शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको उद्घाटन खेल युनाइडेट फुटबल खरसाङ ( युकेएफसी) र जर्जेन एफसी कालेबुङमाझ सम्पन्न भयो। उद्घाटन खेल शुरु हुन अघि स्व. महावीर राई र स्व. मनमाया लिम्बुको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरेर तिनीहरूको आत्मशान्तिको लागि एक मिनटको मौन धारण गरियो।


पहिलो उदघाटन खेलमा जर्जेन एफसी कालेबुङलाई पराजित गरे युकेएफसी खरसाङ अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समयावधि दुवै दलमाझ गोल बराबर रहेपछि अतिरिक्त समयमा खेल खेलाइए तापनि बराबर हुँदा अन्त्यमा पेनल्टी शुभ आउटमा खरसाङका खेलाड़ीहरूले पाँच गोल गर्न सफल बने भने कालेबुङले केवल चार गोल मात्र गर्न सक्दा युकेएफसी खरसाङ 5-4 गोलले जितेर दोस्रो चरणमा प्रवेश गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *