खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको 62औँ स्थापना दिवस पालन

खरसाङ : पहाड़मा खेलकुदको उन्नति र संवर्द्धनको लागि लगातार रूपमा कार्य गरिरहेको खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको 62औँ स्थापना दिवस आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा पालन गरियो। संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्षता र  खरसाङ नगरपालिका चेयरम्यान  ब्रिगेन गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा खेल क्षेत्रमा आबद्ध व्यक्तिहरू विशेष रूपमा उपस्थित थिए।  समारोहको आरम्भ धूप-दीप प्रज्ज्वलन गरी केक काटेर गरियो। विविध रङ्गारङ्ग कार्यक्रममाझ सम्पन्न समारोहमा खेल जगतमा आफ्नो महत्वपूर्ण योगदान पुर्‍याउने खेलाड़ी अनि संस्थाहरूलाई संघको तर्फबाट संवर्द्धना जनाइयो।


सबीना गिरी अनि दिव्यत्तम अधिकारीले संयुक्त रूपमा सञ्चालन गरेको समारोहमा संघका सचिव निर्मल गुरूङले संघको कार्य अनि उद्देश्यबारे प्रकाश पारे। कार्यक्रममा खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको तर्फबाट अन्तर्राष्ट्रिय रकबी खेलाड़ी एवम् वर्तमान समयको रकबी ईण्डिया टिमको कप्तान सुजय लामा र तिनकी पत्नी, बिजय रावत, सन् 1976-मा ओलम्पिकमा भाग लिने एसके राई लगायत खरसाङबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेलहरूमा भाग लिने नानीहरू र प्रशिक्षकहरूलाई पनि सम्मान जनाइयो। कार्यक्रममा प्रमुख अतिथि खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङले सम्बोधन राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *