खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ-द्वारा क्यारम प्रतियोगिताको आयोजना गरिने

खरसाङ (निसं) : खरसाङको खेलकूद संस्था खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा क्यारम प्रतियोगिता हुने भएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघका सभापति मोहन योञ्जनको अध्यक्षतामा आज बसेको सभामा संघको आयोजनामा इन्डोर खेलहरू पनि आयोजना गरिने विषयमा चर्चा परिचर्चा गरियो। उक्त सभामा सबै सदस्यहरूको सुझाउमा इन्डोर खेल क्यारम बोर्ड टुर्नामेन्ट आयोजना गरिने निर्णय लिएको हो। सभाको उक्त निर्णय अनुसार खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा क्यारम टुर्नामेन्ट आयोजना गरिने संघका सचिव निर्मल गुरुङले जानकारी दिएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *