खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको 62औँ स्थापना दिवस पालन गरिने

खरसाङ  : खरसाङ गोर्खा पार्वत्य खेलकूदको महत्वपूर्ण सभा खरसाङमा सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा विभिन्न विषयहरूमा चर्चा परिचर्चा गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको 62औँ स्थापना दिवस विषयमा चर्चा परिचर्चा गरियो। सभामा चर्चा गर्दै संघको 62औँ स्थापना दिवस आगामी 11 नोभेम्बरको दिन पालन गरिने भएको छ। संघका सबै सदस्य सदस्याहरूलाई पत्रचार मार्फत् निमन्त्रणा गरेर स्थापना दिवस मनाउने निर्णय गरिएको छ। सभामा आगामी दिन खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको क्यालेण्डर अनुसार नानीहरूको लागि एथलेटिक मिट् गरिने र यसमा विशेष गरी नानीहरूका लागि फनी गेम आयोजना गरिने र यसको लागि आगामी 7 नोभेम्बरको दिन संघको सभा गरेर यसको लागि निर्णयहरू गरिने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघका  उप सभापति फुर्बा घिसिङले सभा विषयमा विस्तृत रूपमा बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *