खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा खेलाइने 9औँ सहिद गोल्ड कप स्थगित

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा खेलाइने 9औँ सहिद गोल्ड कप स्थगित गरिएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा आज बसेको सभाले आगामी 17 जनवरीदेखि शुरू गरिइने 9औँ संस्करणको सहिद गोल्ड कप कोभिड महामारीलाई केन्द्र गरेर स्थगित गर्ने निर्णय लिएको बताइएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै केजीएचएसएका सचिव निर्मल गुरुङले प्रत्येक वर्ष 17 जनवरीदेखि शुरू गरिने उक्त गोल्ड कप कोभिड महामारीको कारणले गर्दा केही समयको लागि स्थगित गरिएको बताए। दार्जिलिङको जिल्ला शासकले 10 जनवरीसम्म पर्खिनु भनेकोले गर्दा आज 12 जनवरीको दिन हामीले एउटा सभा गरेर केही समयको लागि उक्त गोल्डकप स्थगित गरेको तिनले बताए। चाँदमारीको खेल मैदानमा गोल्डकपको लागि 90 प्रतिशत तयार भइसकेको थियो तर कोभिड महामारी र बढ़दो संक्रमणको कारणले यसलाई स्थगित गरिएको तिनले बताए। अब कोरोना संक्रमणको संख्यामा कमी तथा आंशिक लकडाउन खोलेपछि उक्त गोल्डकप पुन: खेलाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *