खरसाङस्थित दूरदर्शनको टिभी टावर नहटाइदिने मागमा भोगोप्रमो-द्वारा खरसाङ महकुमा शासकलाई ज्ञापन

खरसाङ : खरसाङमा रहेको दूरदर्शनको टिभी टावर हटाउने भनिएपछि आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तर्फबाट यहाँको दूरदर्शन केन्द्रको भ्रमण गरेर खरसाङ महकुमा शासकलाई ज्ञापन चढाए। खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानको नेतृत्त्वमा भागोप्रमो खरसाङ टाउन कमिटीका प्रतिनिधिहरूले खरसाङको दूरदर्शन केन्द्रको भ्रमण गरी दूरदर्शन केन्द्रको विषयमा जानकारी लिएर खरसाङको दूरदर्शन केन्द्रलाई नहटाएर यही नै यथावत् राखिनु पर्ने मागमा खरसाङको महकुमा शासक आईएएस एजाज अहमदलाई भेटेर ज्ञापन पत्र चढाए। महकुमा शासकलाई ज्ञापन दिएपछि खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले पत्रकारहरूलाई सम्बोधन गर्दै यसबारे जानकारी दिएका छन्। उक्त टोलीमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, वार्ड नम्बर 17 को नगर पार्षद मोहन राई, टाउन कमिटिको अध्यक्ष राजु शर्मा, मूल सचिव सूर्य कमल छेत्री, सह सचिव सञ्जय मुखिया, साङ्गठनिक सचिव दिपेन सेवा, प्रचार प्रसार सचिव बीरबल पाखरिन, कार्यकारी सदस्य सन्नी तामाङ उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *