खरसाङ के-9 स्वयंसेवी संस्थाद्वारा पशु बन्ध्याकरण शिविरको आयोजना

खरसाङ: खरसाङ के-9 नामक स्वयंसेवी संस्थाले गोजमुमो 2-का कार्यकारिणी अध्यक्ष अनित थापाको पहल अनि खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा आज खरसाङको फाटक डाँडास्थित ‘रेड-रोज’ सार्वजनिक भवनमा संस्थाकै 11 औँ पशु बन्ध्याकरण शिविरको आयोजना गर्यो। यस शिविरमा दार्जिलिङबाट डा. समीर छेत्री, खरसाङबाट डा. परिनिता छेत्री तथा तिनका सहयोगीहरू दिव्य थापा, दिपेन स्याङ्बो अनि सञ्जीब शर्माले मोठ 17 वटा कुकुर र बिरालोहरूको बन्ध्याकरण गरेको जानकारी प्राप्त भएको छ। उक्त शिविरमा गोजमुमो-2 खरसाङ शाखाका प्रमुख संयोजक समीरदिप ब्लोनको विशेष उपस्थिति थियो भने सोशियल वेलफेयर सोसाइटी, फाटक डाँडाका अध्यक्ष दिलीप मुखिया, सचिव सुबोध शर्मा अनि सदस्य क्षितेन योल्मो साथै खरसाङ के-9 का निशान्त थापा, दिव्य प्रधान, नमिता खालिङ्ग, शमिता खालिङ्ग, शुभङ्कर सेनगुप्ता, सिमरन सार्की, रिना भुजेल, रिन्छेन लामा अनि लिना गुरूङले शिविरको अन्त्यसम्म सहयोग पुर्‍याएको जानकारी के-9 का संस्थापक निशान्त थापाले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *