खरसाङ के-9 नामक स्वयंसेवी संस्थाद्वारा भुस्याह कुकुरहरूको वार्डव्यापी बन्ध्याकरण शिविर गरिने

खरसाङ : खरसाङ के-9 नामक स्वयंसेवी संस्थाले खरसाङ बजारका सड़कमा रहेका भुस्याह कुकुरहरू अनि बिरालोहरूको कल्याणको निम्ति विगत डेढ वर्षदेखि नै धेरैवटा कार्यहरू गरिरहेको छ। तिनीहरूले हफ्तामा दुईदिने भोजन वितरण कार्य, अस्थायी टहरोहरूको निर्माण, उद्धार कार्य, अंगीकरण अनि नियमित रूपमा बन्ध्याकरण शिविरहरूको आयोजना गर्दै आइरहेको छ। खरसाङ के-9 ले गोजमुमो-2  का कार्यकारिणी अध्यक्ष अनित थापाको पहलमा अनि खरसाङ नगरपालिकासितको संयुक्त आयोजनामा अहिलेसम्म मोठ 10 वटा बन्ध्याकरण शिविरको आयोजना गरिसकेको छ। यसै अन्तर्गत तिनीहरूको 11 औं वार्डव्यापी बन्ध्याकरण शिविर आगामी 7 अगस्त खरसाङको 20 नम्बर वार्डको फाटक डाँडाको पशु अस्पतालमा आयोजना गरिने खरसाङ के-9 का संस्थापक निशान्त थापाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *