खरसाङका दुईजना स्नुकर खेलाड़ीले राज्य स्तरीय च्याम्पियनशीपमा अंश ग्रहण गर्ने

खरसाङ: खरसाङका दुईजना स्नुकर खेलाड़ी राज्य स्तरीय च्याम्पियनशीपमा अंश ग्रहण गर्नको लागि पहिलोपल्ट कोलकोता प्रस्थान गरे। खरसाङको हाट बजार निवासी दुईजना स्नुकर खेलाड़ी 18 वर्षीय ईडेन जिम्बा र 19 वर्षीय दिपेन दास  आज कोलकोता प्रस्थान गरे। खरसाङमा विगत 6 वर्षदेखि स्नुकर क्लब गठन गरेर खरसाङ क्षेत्रमा स्नुकर खेल खेलिरहेको छ भने प्रथमपल्ट कोलकोतामा हुने राज्य स्तरीय च्याम्पियनशीपमा भाग लिनको लागि दुईजना खेलाडी आज कोलकाता गएका छन्। यस विषयमा खरसाङ स्नुकर क्लबका विशाल गोलेले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङका दुईजना स्नुकर खेलाड़ी राज्य स्तरीय च्याम्पियनशीपमा अंश ग्रहण गर्नको लागि कोलकाता प्रस्थान गरेका छन् भने दुवैले राम्रो प्रदर्शन गरेर खेल जितेर आउँनेछन् भन्ने आशा व्यक्त गरेको तिनले बताए। तिनले अझ भने, आफूले विगत 6 वर्षदेखि खरसाङमा स्नुकर क्लब गठन गरेर विभिन्न टुर्नामेन्टहरू आयोजना गर्दै आइरहेको साथै कोलकोतामा हुने राज्य स्तरीय च्याम्पियनशीपमा भाग लिन गएका दुईजना खेलाडीलाई प्रशिक्षित गरेको बताए। युवाहरूलाई स्नुकर खेलप्रति आकर्षण गर्न चाहन्छु, यो जुवा मात्रै होइन तर यसमा युवाहरूले आफ्नो करियर पनि बनाउन सक्छन् भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *