खरसाङका मोहन लामाले दिए हाम्रो पार्टी-बाट राजीनामा

खरसाङ (निसं) : हाम्रो पार्टी खरसाङको मोहन लामाले पार्टीबाट राजीनामा दिएका छन्।  मोहन लामाले गत जीटीए चुनाउमा खरसाङ गिद्ध पहाड़ समष्टिबाट हाम्रो पार्टीको तर्फबाट चुनाउ लड़ेका थिए। उनी जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको विरूद्ध खरसाङ गिद्ध पहाड़ समष्टिबाट चुनाउ लड़ेका थिए भने तिनी अनित थापासित पराजित बनेका थिए। जीटीए चुनाउको लगभग एक वर्षपछि मोहन लामाले हाम्रो पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्। तिनले हाम्रो पार्टीको अध्यक्ष र सचिवलाई राजीनामा पत्र लेखेका छन्। हाम्रो पार्टीबाट राजीनामा दिएको विषयमा पत्रकारहरूले सोधेका एक प्रश्नको उत्तरमा मोहन लामाले पार्टीसित आईडोलजी नमिलेर साथै पुरानो रिजेक्ट भइसकेका नेताहरूसित मिलेर कार्य गरिरहेकोले अनि सोचे अनुसार पहाड़को जनताको लागि केही गर्न नसकेको कारणले हाम्रो पार्टीबाट राजीनामा दिएको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *