खरसाङका पार्षदहरूद्वारा चेयरम्यान कृष्ण लिम्बुलाई सुम्पिए ‘भोट अफ् नो कन्फिडेन्ट’ पत्र

खरसाङ : खरसाङ नगरपालिका चेयरम्यान कृष्ण लिम्बुलाई पदबाट हटाएर हिजो भाइस चेयरम्यान ब्रिगेन गुरुङलाई चेयरम्यान बनाए पछि आज यस विषयमा खरसाङ नगरपालिकाको वार्ड पार्षदहरूको समूहले भोट अफ् नो कन्फिडेन्टपत्र चेयरम्यान कृष्ण लिम्बुलाई सुम्पेका छन् भने कृष्ण लिम्बुले पनि उक्त भोट अफ् नो कन्फिडेन्टपत्रलाई स्वीकार गरी रिसिफ गर्दै हस्ताक्षर गरेका छन्। यस घटनापछि भाइस चेयरम्यान ब्रिगेन गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै हामीले कृष्ण लिम्बुको अगुवाईमा नै काम गरिरहेका थियौं, तर केही समय अघिदेखि के भईरहेको थियो त्यो सबै भनिहाल्न मिल्दैन अनि केही दिन अघि कोरोनाले मृत्यु भएको महिलाको शव विषयले केही अप्ठ्यारो परेको थियो भनी बताए। तिनले चेयरम्यान केही समयदेखि अस्वास्थ्य पनि छन् र कतिवटा निर्णय सठीक समयमा भएन जसको कारण जनतामा नगपालिकाको ईमेज नराम्रो गयो र बदनाम पनि भयो भन्दै चेयरम्यानको पद गरिमामय पद हो र तिनको कामले हामी बोर्डको मात्रै होइन, नगरपालिकाको बदनाम हुने भएकोले हिजो गोजमुमो बिनयपन्थीको महासचिव अनित थापाले आफ्नो पार्टीको पार्षदहरूको सहयोगमा सानो परिवर्तन मात्रै गरेको हो भनी बताए।


गुरुङले आज हामीले चेयरम्यान पदबाट मात्र हटाउन यो प्रस्ताव ल्याएको हो तर उनी पार्षद रहन्छन् र हामी मिलेर कार्य गर्नेछौं भनी बताए। अर्कोतिर कृष्ण लिम्बुले पनि पत्रकार भेला बोलाएर म अनित थापालाई च्यालेञ्ज गर्छु भन्दै तिनले के-के काम गरे सबै नराम्रो काम गरेको आरोप लगाउँदै 2017 मा चुनाउ जितेर आएपछि बोर्डको मिटिङमा नआएकोमा जेल हालेको गम्भीर आरोप लगाए । तिनले यसपाली कोभिडको समय स्ट्रेचर छैन भन्दै मलाई भिक्टिमाइज गरेको हो र म पहिला पनि बिमलको र अहिले पनि बिमलको नै हो भनी बताएका छन्। लिम्बुले यसपाली विधानसभा चुनाउमा हारेर भिक्टिमाइज गरेको हो तर पोल हाल्ने म चिन्छु हाम्रो पार्षदहरू नै हो । तर म भोलिदेखि तृणमूल कङ्ग्रेसमा जान्छु भनी बताए। तिनले विगत 17 वर्षदेखि राजनीति गर्दै आएको हो कसैसित पनि डराउँदिन भनी चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *