खरसाङका पार्षद श्याम शेर्पाद्वारा युवाहरूलाई खेलकुदका समानहरू प्रदान

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 को सुबेदार बस्ती अनि शेर्पा बस्तीमा वार्ड पार्षद श्याम शेर्पाद्वारा युवाहरुलाई नशालु पदार्थ र नराम्रो मार्गदेखि जोगाउनु साथै खेलकुदमा प्रोत्साहन गराउने उद्देश्य लिएर आज तिनीहरूलाई फुटबलका जर्सीहरु प्रदान गरे। खरसाङको सुबेदार बस्तीका मिराज कराँते अनि स्पोर्ट्स एकाडेमीका नानीहरूलाई सुबेदार बस्तीका समाज सञ्जीवनी संघका सभापति निरङ्कर थापा, सचिव सागर राज छेत्री, समाजसेवी मोहन गुरुङ अनि सेन्सी मिराज लेप्चाको बहुलीबाट जर्सी वितरण गरियो। यसको साथै उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरु अनि कोभिडको महामारीमा खट्ने वार्डका स्वास्थ्यकर्मीहरू र नर्सहरुलाई सम्मान जनाइयो। यसै कार्यक्रमको दोस्रो चरणमा शेर्पा गुम्बा हलमा शेर्पा बस्तीका फुटबल खेलाडीहरूलाई पनि समाजका सभापति दावा शेर्पा, गुम्बाका श्रेष्ठ लामा. लोपेन दावा अनि निमा लामा साथै कार्यकारिणी सदस्य पासाङ शेर्पा (महानदी), छिरिङ शेर्पा, गौतम शेर्पा, झालाक्पा शेर्पाद्वारा वितरण गरियो।


त्यसरी नै नानीहरूलाई समाज र गाउँको जिम्मेवारीबारे जानकारी गराए भने समाजको पक्षबाट युवाहरुलाई टेबल टेनिस, क्यारेम बोर्ड साथै जीमका सर-समान पनि किनिदिने निर्णय लिएको छ। यस अवसरमा नगरपार्षद श्याम शेर्पाले भने, प्रत्येक गाउँ समाज र सचेत नागरिकहरुको दायित्य हो हाम्रो युवाहरु कुन दिशामा जाँदैछ, कतै गल्ती बाटो त हिँडेको छैन। यदि कुनै गल्तीमा परे अथवा गलत बाटोमा गए घर परिवारले मात्र होइन सम्पूर्ण गाउँ समाजले नै यसको परिणाम भोक्नु पर्ने हुन्छ। यसैले सही बाटो हिड्न युवाहरुलाई प्रोत्साहन तथा सहयोग सबै समाज, गाउँ घरका सचेत जमातहरुले सक्दो सहयोग गर्नुपर्छ। म मेरो वार्डको कुनै पनि युवाहरु खेलकुदमा रुचि राख्छन् भने म तिनीहरुलाई सकेसम्म  सहयोग गर्नेछु भनी वार्ड पार्षद शेर्पाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *