खरसाङ खण्डको पहिलो चरणको मतगणना अनुसार अधिकजसो बुथहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थीहरू विजय

खरसाङ : गत 8 जुलाईको दिन सम्पन्न भएको दुई स्तरीय ग्राम पञ्चायतको आज बिहान 7 बजीदेखिनै दार्जिलिङ तथा कालेबुङका विभिन्न पञ्चायत बुथहरूमा मतगणना जारी रहेको छ। यसै क्रममा खरसाङ ब्लक अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायत क्षेत्रमा भएको चुनाउ मतगणनाको पहिलो चरणको घोषणा अनुसार चिम्नी-देवराली 5 वटा ग्राम पञ्चायत आसनमा हालसम्म नतिजाविहीन, घैयाबारी 1 बाट 8 वटा ग्राम पञ्चायत आसनमध्ये भागोप्रमो 3, स्वतन्त्र उम्मेद्वार 1, घैयाबारी 3-को 9 वटा आसनमध्ये हालसम्म भागोप्रमो 3 आसनमा विजय। यसैगरी, महानदीको 7 आसनमध्ये हालसम्म भएको मतगणनामा भागोप्रमो 1, भाजपा 1 जना प्रार्थीले जीत आसन गरेको छ।


यसैगरी, पेन्डुको 11 वटा आसनमध्ये हालसम्म भागोप्रमो 3, भाजपा 2 र 1 स्वतन्त्र प्रार्थी विजय भएका छन्। अर्कोतिर, सिटोङ 2 ग्राम पञ्चायत अन्तर्गत रहेको 6 वटा पञ्चायत सदस्यको आसनमा सबै आसनमा भागोप्रमो-का प्रार्थीले जीत हासिल गरेको छ। यसबाहेक, सिटोङ 3-को 15 वटा ग्राम पञ्चायतमध्ये हालसम्म भएको मतगणनामा भागोप्रमो 3, स्वतन्त्र प्रार्थी 1 जनाले जीत हासिल गरेको छ। यसरी नै,  सेन्टमेरिज 2-को 8 वटा आसनहरूमध्ये हालसम्म मतगणना भएको अनुसार 2 वटा आसनमा भागोप्रमो, 2 वटा आसनमा भाजपा र 1 वटा आसनमा स्वतन्त्र उम्मेद्वारले जीत हासिल गरिसकेको चुनाउ आयोग कमिशनद्वारा जारी विज्ञप्तिमा जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *