खरसाङको 11 र 13 नम्बर वार्डमा गोजमुमो बिमलपन्थीको कमिटी गठन

खरसाङ : खरसाङमा गोजमुमो बिमलपन्थीको एउटा सभा खरसाङ टाउन सभापति सोनाम लामाको सभापतित्वमा सम्पन्न भयो। उक्त सभामा खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 11 र 13-मा गोर्खा जनमुक्ति मोर्चा बिमल गुरूङ खेमाको संगठन गठन गरियो। सभामा खरसाङ महकुमा प्रवक्ता दिपेन्द्र सुब्बा, सचिव सुरज छेत्री, नारी मोर्चा सभापति शान्ति राई, केन्द्रिय समिति सदस्य जे. रसाईली लगायत खरसाङ टाउन सभापति नारी मोर्चा सकुन लामा, सचिव शोभा छेत्रीको विशेष उपस्थिति रहेको थियो। यसै सभामा 11 नम्बर वार्डमा पार्टीलाई विस्तार गरेर लैजाने उद्देश्य लिएर एउटा कमिटी गठन गरियो।  उक्त कमिटीमा सभापति सन्नी तामाङ, उपसभापति निखिल मङ्ग्राती, सचिव राजीब लामा, सहसचिव अखिल अहमद, कोषाध्यक्ष विकास तामाङ, सह कोषाध्यक्ष दुर्गेश छेत्री, सल्लाहकार विजय लामा, सुदीर गुरुङ लगायत 10 जनाको कार्यकारिणी सदस्यहरू चयन गरियो। यसैगरी, 13 नम्बर वार्डमा पनि पार्टीको अभिभावक सङ्‌गठन गठन गरियो। उक्त कमिटीमा सभापति सुवास लामा, उपसभापति प्रितम छेत्री र छोटेलाल रावत, सचिव सुरेन गिरी, सहसचिव मधुकर गुरुङ र सुन्दर छेत्री, कोषाध्यक्ष फुबछिरिङ भोटिया, सहकोषाध्यक्ष समीर खान, सल्लाहकार खरसाङ टाउन कमिटीका उपसभापति विक्रम तामाङ अनि खरसाङ टाउनका सहसचिव कुमार छेत्री लगायत 12 जना कार्यकारिणी सदस्यहरूलाई चयन गरियो। खरसाङ टाउन कमिटीका उपसभापति विक्रम तामाङले बताए अनुसार पार्टीको सङ्‌गठन विस्तार हेतु हालसम्म खरसाङ नगरपालिभित्र पाँचवटा वार्डहरूमा कमिटी गठन गरिएको साथै अन्य वार्डहरूमा पनि यसरी नै लगातार रूपमा सभाहरूको आयोजना गरेर कमिटी गठन गरिने तिनले बताए। तिनले खरसाङ क्षेत्रमा पार्टी निक्कै दह्रिलो हुँदै गइरहेको जनाउँदै पार्टी अध्यक्ष बिमल गुरुङलाई पहाड़मा स्वागत जनाउन तिनका सबै समर्थकहरू आतुर रहेको पनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *