खरसाङको 19 र 20 नम्बर वार्डबाट 80 जना तृणमूल-मा सामेल

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 20-मा हिल तृणमूल कङ्ग्रेसको सभा अख्तर हुसेनको आध्यक्षतामा फाटक डाँडास्थित सार्वजनिक भवनमा सम्पन्न भयो। सुबोध शर्माले सञ्चालन गरेको सभामा पार्टीहरूबाट स्थानीय नेतृत्व मनोज छेत्री र प्रभात तामाङको अगुवाईमा वार्ड नम्बर 19 र 20 का लगभग 80 जना मानिसहरूले अन्य पार्टी छोड़ेर हिल तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरे। पार्टीमा सामेल हुने सबैलाई हिल तृणमूल कङ्ग्रेसका जिल्ला उपाध्यक्ष प्रदीप प्रधान, खरसाङ टाउन कमिटीका सभापति आरिफ खान, पूर्व विधायक डा. रोहित शर्मा, पूर्व नगरपालिका चेयरम्यान कृष्ण लिम्बु आदिको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाइयो। उक्त सभालाई हिल तृणमूल कङ्ग्रेसका जिल्ला उपाध्यक्ष प्रदीप प्रधान, पूर्व विधायक डा. रोहित शर्मा, पूर्व नगरपालिका अध्यक्ष कृष्ण लिम्बु र हिल तृणमूल कङ्ग्रेसको खरसाङ टाउन कमिटीका सभापति आरिफ खानले सम्बोधन गरेका थिए।

वक्ताहरूले खरसाङको विकासको लागि सबैजना मिलेर काम गर्नुपर्ने भन्दै वार्ड नम्बर 19 र 20 मा पानीको समस्या समाधान गर्नलाई तृणमूल कङ्ग्रेस तयार रहेको र यसपाली तृणमूल कङ्ग्रेसको बोर्ड गठन भए पानीको समस्या समाधान साथै विकासको कार्यहरू प्रशस्तै गरेर लाने बताए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीका सभापति आरिफ खानले यसपाली हामीले खरसाङ नगरपालिकाको टुप्पोदेखि होइन तर फेददेखि जरा बलियो बनाउँदै कार्य थालेर पार्टीलाई मजबुत बनाउने कार्य गरिएको बताए। विकासको लागि तृणमूल कङ्ग्रेस नै बेस्ट रहेको मानिसहरूले भन्ने गरेको र प्रत्येक वार्डबाट मानिसहरू तृणमूल कङ्ग्रेसमा सामेल हुनको लागि पार्टीका नेतृत्त्वहरूसित सम्पर्कमा रहेको तिनले बताए। तिनले अझ भने, यसपाली हामीलाई मौका दिनुहोस्, हामी अर्कोपालि भोट माग्न आउँदैनौं कारण हामीले गरेको विकासको कार्यहरू हेरेर नै मानिसहरूले अर्कोपालि हाम्रै पार्टीलाई भोट दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes