खरसाङको अम्बटेमा पुलिसद्वारा 40 विपन्न परिवारलाई खाद्य सामग्रीहरू वितरण

खरसाङ : खरसाङको अम्बटेमा दार्जीलिङ पुलिसद्वारा 40 विपन्न परिवारहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गरियो। यस अवसरमा दार्जीलिङ जिल्ला पुलिसका एडिसनल एसपी मनोरञ्जन घोष, एसडीपीओ आरएन साहु, आईसी नेबेन्दु सरकार लगायत अन्यहरू विशेष रुपमा उपस्थित थिए। दार्जिलिङ पुलिसको तर्फबाट हाल कोरोना भाइरसको महामारीबीच आवश्यक परेका अम्बटे क्षेत्रका मोठ 40 विपन्न परिवारहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गरिएको छ। उक्त खाद्यान्न सामग्रीहरूमा चामल, नून चाना, चिनी, दूध, तेल, प्याज लगायत अन्य खाद्यन्न सामाग्रीहरू वितरण गरिएको बताइएको छ। दार्जीलिङ पुलिसको आयोजनामा यो कोरोना महामारीको समय विभिन्न क्षेत्रहरूमा विपन्न परिवारहरूलाई खाद्यान्न सामग्रीहरू वितरण गर्ने कार्य जारी रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *