खरसाङको बरबुङ बस्तीमा हनुमान जयन्ती भव्य रूपमा पालन

खरसाङ (निसं) : खरसाङ बजारदेखि केही माथि बरबुङ बस्तीमा रहेको हनुमानको विशाल मूर्ति भएको ठाउँमा आज हनुमान जयन्ती भव्य रूपमा पालन गरियो। हनुमान जयन्ती समारोह समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पण्डितहरू क्रमैले महेश खतिवड़ा, पण्डित कुमार शर्मा र स्थानीय मन्दिरको पण्डित साईला बाजे आदिद्वारा पूजा-अर्चना गरियो। वर्तमान समयमा खरसाङ क्षेत्रको सबैभन्दा आकर्षक र पर्यटकहरूको पहिलो रोजाइ बनेको आई लभ खरसाङ लेखिएको र हनुमानको मूर्ति भएको ठाउँमा आज भव्य रूपमा हनुमान जयन्ती पालन गरिएको छ। उक्त हनुमान जयन्ती समारोह विशेष गरी 29 नम्बर खरसाङ गिध्द पहाड़ समष्टि अन्तर्गत पर्ने स्थानहरू जस्तै – नयाँ बस्ती, बरबुङ, गिध्द पहाड़, चन्दु बस्ती, शमशेर बस्ती, चौकी डाँड़ा, सिरुबारी आदि स्थानहरूका मानिसहरू मिलेर आयोजना गरिएको बताइएको छ।


विशेष सधैं पर्यटकहरूले भरिने उक्त स्थानमा आज हनुमान जयन्ती पालन गरिएको कारणले बिहानदेखि नै पर्यटकहरू भीड़को साथमा आएर पूजा अर्चना गर्नको साथै फोटोहरू खिँचाउन व्यस्त देखियो। घुम्न आउने पर्यटकहरूका लागि पनि उक्त क्षेत्रमा हनुमान जयन्ती सुनमा सुगन्ध थपिएको जस्तै भएको छ। खरसाङको उक्त क्षेत्रमा हनुमानको मूर्ति स्थापना गरिएको विगत तीन वर्षदेखि नै लगातार रूपमा हनुमान जयन्ती पालन गर्दै आइरहेको छ। गत वर्ष यहाँ सात दिवसीय रूपमा हनुमान जयन्ती कार्यक्रम गरिएको थियो भने यसपाली केवल एक दिन मात्र मनाए तापनि भव्य रूपमा पालन गरिएको छ। आजको हनुमान जयन्ती कार्यक्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान तथा जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान, सभासद प्रणाम रसाईली, खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, महकुमा सहसचिव सुष्मा सिंह लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *