खरसाङको ब्लूमफिल्ड महकुमा पुस्तकालयद्वारा अगमसिंह गिरी जयन्ती पालन

खरसाङ: खरसाङको ब्लूमफिल्ड महकुमा पुस्तकालयद्वारा आज जातीय कवि अगमसिंह गिरीको जन्मजयन्ती पालन गरियो। कवि ऋषि राईको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा विनोद प्रकाश शर्मा थिए भने विशिष्ट अतिथिको रूपमा साहित्यकार जीबी बल, पण्डित तुलसी प्रसाद अधिकारी, प्रकाश प्रधान, कृष्ण पाण्डे उपस्थित थिए। कवि गिरीको तस्वीरमा धुप-दीप प्रज्ज्वलन गरेपछि आरम्भ गरिएको समारोहमा स्वागत सम्बोधन ब्लूमफिल्ड महकुमा पुस्तकालयका सचिव विनय लामाले राखे।


कवि दिल थापाद्वारा सञ्चालित कार्यक्रममा देवराज मुखिया, दिपक ठटाल, रचना अनाकार, सुवास छत्री “भावुक”, पी. लक्की शेर्पा, दिल थापाले लेख, कविता, गजल, मुक्तक आदि वाचन गरे। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि विनोद प्रकाश शर्माले आजको कार्यक्रम अति नै महत्वपूर्ण रहेको बताए। विशिष्ट अतिथि जीबी बलले गिरीमाथि पुस्तक प्रकाशित गरेर खरसाङले ठुलो कार्य गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *