खरसाङको बस बिसौनीमा धर्मगुरु पेम्बा रिम्पोछेको सहयोगमा व्यवसायी सङ्गठनद्वारा सेनिटाइज

खरसाङ : खरसाङको बस टर्मिनर्सका व्यवसायी सङ्गठनले आज धर्म गुरु पेम्बा रिम्पोछेको सहयोगमा कोभिड 19-लाई ध्यानमा राखेर दोकानहरू अनि गाडीहरू राख्ने वरिपरि क्षेत्रहरूमा सेनिटाइज गऱ्यो। खरसाङको सन्त अल्फन्सेस स्कूलमुनि रहेको बस बिसौनीमा व्यवसायी सङ्गठनको आयोजनामा सबै दोकानहरू र गाड़ीहरू राखिने ठाउँमा सेनिटाइज गरिएको छ। यस क्षेत्रमा विभिन्न क्षेत्रहरूबाट गाड़ीहरू आएर राखिने हुनाले यो महामारीमा व्यवसायी सङ्गठनको पक्षबाट सेनिटाइज गरिएको छ भने यस कार्यमा खरसाङको वार्ड नम्बर पाँचका सामी लासाङ गुम्बाका धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा सहयोग गरिएको थियो। आजको सेनिटाइज कार्य विषयमा व्यवसायी सङ्गठनका अध्यक्ष शरण लामाले पत्रकारहरूसित कुराकानी गर्दै धर्मगुरू पेम्बा रिम्पोर्छेले कोभिड 19-लाई ध्यानमा राखेर जनतालाई बचाउने अनि सरकारलाई सकाउने बिचार राखेर सहयोग गरेको कारण आफुहरूले आज बस बिसौनी क्षेत्रमा सेनिटाइजको कार्य सम्पन्न गरेको बताए। यस अवसरमा वार्ड नम्बर 5 का सामी लाखाङ गुम्बाको धर्मगुरु पेम्बा रिम्पोर्छेद्वारा पत्रकारहरूलाई सम्बोधन गर्दै यो महामारीमा जनतालाई बचाउने र सरकारलाई सहयोग गर्ने उद्देश्यले वार्ड नम्बर 5 को मोठ 100 जनाभन्दा अधिकलाई भ्याक्सिन लगाइदिने वचन पनि दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *