खरसाङको क्याम्प साइट ग्राम कल्याण समितिद्वारा भानुजयन्ती पालन

खरसाङ (निसं) : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 19 को क्याम्प साइट ग्राम कल्याण समितिद्वारा गत वर्ष झैँ यस वर्ष पनि आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरियो। उक्त कार्यक्रमको अध्यक्षता क्याम्प साइट ग्राम कल्याण समितिका कोषाध्यक्ष तापेश्वर राउतले गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव सुवास प्रधानले गरेका थिए।


कार्यक्रमको शुरूवातमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरेर गाउँका वरिष्ठ नागरिकहरूको बाहुलीबाट खदार्पण गरियो। यसपछि गाउँका वरिष्ठ नागरिक उमा लोहागणले आदि कवि भानुभक्त आचार्यको जीवनी र योगदान बारे अवगत गराए। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *