खरसाङको चाँदमारीस्थित संसारी माई मन्दिरमा पुजा अर्चना

खरसाङ : खरसाङ नगरपालिकाको वार्ड नम्बर 20 मा पर्ने चाँदमारीस्थित संसारी माई मन्दिरमा गत वर्षहरू झैँ यस वर्ष पनि पुजा अर्चना गरियो। गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापा पनि उक्त पुजामा प्रमुख रूपमा उपस्थित थिए। यस अवसरमा तिनले भने, पुजा अर्चना हिन्दु धर्मावलम्बीको निम्ति मात्र होइन तर सबै धर्म अनुयायीहरूले पालन गर्ने एउटा विश्वासको बाहिरी चिन्ह हो। विश्वासले हाम्रो धर्मलाई सही दिशा प्रदान गर्छ भने पुजा अर्चनाद्वारा सद्‌भाव, मेलमिलाप अनि एकअर्काप्रति प्रेम बढ्दछ। नयाँ पीँढिका नानीहरूलाई धार्मिक आस्था अनि आचरणतर्फ आकर्षण गर्न यस्ता सार्वजनिक धार्मिक अनुष्ठान धेरै मद्‌दगार सिद्ध हुनेछ भनी अनित थापाले बताए। आजको पुजा सञ्चालन राजेन प्रधानको नेतृत्वमा 9 सदस्यीय टोलीले गरेको थियो भने पुजामा आउने प्रत्येकलाई मास्क लगाउन अनिवार्य गरिएको थियो। आज बिहान 8.30 देखि शुरू भएर अपरान्ह 1 बजी समापन गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *