खरसाङको चिलाउनेधुरामा आयोजित तीन दिवसीय पूजाको समापन

खरसाङ: खरसाङ खण्डको लङ्गभ्यू चियाबारी अन्तर्गत चिलाउनेधुरामा अवस्थित तीनकन्या मन्दिरमा गत 9 अक्टोबरदेखि आयोजित तीन दिवसीय पूजा कार्यक्रम आज समापन गरियो। पूजाको समापन गर्दै आज विधिपूर्वक माताको पूजा-अर्चना, एक लाख बत्ती प्रज्ज्वलन तथा होमादिहरू गरियो। यस पूजा समारोहमा प्रत्येक दिन पण्डितहरूद्वारा देवीको कथा वाचन अनि प्रवचनहरू गरियो भने विधिपूर्वक पूजा-अर्चना गरियो। तीन दिवसीय उक्त पूजा आज समापन गरियो। यस तीन दिवसीय पूजा समारोहलाई सफलता पूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबै सहयोगीहरूप्रति पूजा आयोजक समितिले आभार प्रकट गरेको छ। आयोजक समितिको पक्षबाट शरद घिसिङले सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग प्राप्त हुने आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *