खरसाङको चिमनी देवराली पर्यटन संरक्षण एसोसिएशन गठन

खरसाङ: पर्यटन क्षेत्रलाई अघि बढाउन तथा रोजगारको अवसर सृजना गर्न खरसाङ महकुमा अन्तर्गत चिमनी देवराली पर्यटन संरक्षण एसोसिएशन गठन गरियो। आज खरसाङमा पत्रकार सम्मेलनको आयोजना गरेर चिमनी देवराली पर्यटन संरक्षण एसोसिएसनका पदाधिकारीहरूले यसबारे जानकारी दिएका छन्। एसोसिएशनका सभापति तेजमान तामाङ र सचिव विधान गुरुङ लगायत अन्य पदाधिकारीहरूले पत्रकारहरूसित कुराकानी गर्दै चिमनी देवराली ग्राम पञ्चायत क्षेत्रमा ग्रामीण पर्यटन व्यवसायलाई अघि बढा़उन र यस क्षेत्रलाई पनि पर्यटकीय मानचित्रमा सामेल गराउने उद्देश्य लिएर एसोसिएशन गठन गरिएको बताए। उक्त एसोसिएशनमा सभापति तेजमान तामाङ, उप सभापति सुरेन बम्जन, सचिव विधान गुरुङ, सह सचिव पासाङ शेर्पा, कोषाध्यक्ष तोपगेल छिरिङ, सह कोषाध्यक्ष आनन्द तामाङ, सल्लाहकार ऋषि प्रधान लगायत 5 जना कार्यकारी सदस्यहरू चयन गरियो। चिमनी देवराली पर्यटन संरक्षण एसोसिएशन गठन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रमा पर्यटन स्थलको उत्थान गर्नु, पर्यटन व्यवसायको लागि होम स्टे निर्माण, गाइड र चालकहरूलाई प्रशिक्षण दिनु, यस क्षेत्रलाई पनि बंगालको पर्यटकीय मानचित्रमा सामेल गराउनलाई पहल गर्नु, यहाँको जैविक खाद्यान्न संरक्षण, आयुर्वेदिक पदार्थ संरक्षण, जङ्गली औषधि संरक्षण, मौरी पालन, कृषि, संस्कृति र पारम्परिक खानपानको संरक्षण गर्नु आदि रहेको छ। खरसाङदेखि सात किलोमीटरको दूरीमा रहेको चिमनी देवराली क्षेत्रमा रहेको पर्यटकीय स्थलहरूलाई पनि पर्यटकीय मानचित्रमा समावेश गराउनु तथा पर्यटकहरूलाई यसतर्फ आकर्षित गराउनु रहेको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes