खरसाङको सिविटारमा आजदेखि हाट शुरू

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार बाघमारा बस्तीमा आजदेखि हाट शुरू भएको छ। स्थानीय मानिसहरूको सुविधालाई ध्यानमा राखेर गाउँलेहरूको पहलमा हाट शुरू गरेको छ भने उक्त हाट सप्ताहको प्रत्येक शुक्रबार लाग्ने भएको छ। आजदेखि शुरू भएको हाटमा तीनधारे लगायत मधेश क्षेत्रका दोकानेहरू लगायत स्थानीय मानिसहरूले पनि हाटमा दोकान पाटहरू राखेका थिए। उक्त हाटमा साग सब्जीहरू, विभिन्न प्रकारको खानेकुरा लगायत लुगा दोकानहरू पनि राखिएको थियो। स्थानीय मानिसहरूको सुविधाको लागि बाघमारा बस्तीमा आजदेखि हाट शुरू गरेको साथै यस हाटमा मधेशतिरबाट पनि दोकानेहरू आएको स्थानीय योगेन्द्र छेत्रीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *