खरसाङको सिविटार तितिरी खेल मैदानमा सम्पन्न एघार दिवसीय शिव महापुराणमा अनित थापाद्वारा पुजा अर्चना

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा एघार दिवसीय शिव महापुराणको आयोजना गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले सिविटारको तितिरी खेल मैदानमा आयोजना गरिएको 11 दिवसीय महापुराणमा पुगेर पुजा अर्चना गरे। तिनले एघार दिवसीय महापुराणको नवौं दिन उपस्थिति दिएर पुजा अर्चना गरी केही समय बिताए। यस अवसरमा शिव महापुराण आयोजक समितिको तर्फबाट महापुराणमा सहयोग गरेकोमा अनित थापालाई पण्डितको बाहुलीबाट सम्मान पत्र र शल ओढ़ाएर सम्मान जनाइयो। उक्त कार्यक्रमलाई तीनधारे महानदी समष्टिका सांगठनिक सचिल उत्तम छेत्रीले सञ्चालन गरेका थिए।


उक्त कार्यक्रमपछि तिनले स्थानीय पार्टी कार्यकर्ताहरू र स्थानीय जनसाधारणसित भेटघाट गरे। यसै अवसरमा तिनले सिविटार र शिवखोलाका महिला फुटबल खेलाड़ीहरूलाई फुटबल खेलमा प्रोत्साहन गर्नलाई दुवै दलका महिला खेलाड़ीहरूलाई जर्सी, बुट, मोजा आदि प्रदान गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाको सिविटारको शिव महापुराण भ्रमणावधि तिनीसितै खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, उपाध्यक्ष राजु लामा, सिविटार बुथ कमिटीका कार्यकारी सभापति कुसाङ लामा लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *