खरसाङको डीसीआरसी सेन्टरबाट चुनाउ अधिकारीहरू ईभीएम लिएर बुथहरूतिर प्रस्थान गर्ने क्रम जारी

खरसाङ (निसं) : भोलि 26 जूनमा हुने जीटीए चुनाउको लागि खरसाङ महकुमा क्षेत्र अन्तर्गत पर्ने समष्टीहरूको चुनाउ अधिकारीहरू आज ईभीएस मसिन लिएर विभिन्न बुथहरूमा जाने क्रम जारी रहेको छ।  आज बिहानैदेखि चुनाउ अधिकारीहरू खरसाङको सन्त अल्फन्सेस विद्यालयको डीसीआरसी सेन्टरमा आइपुगेपछि यहाँबाट ईभीएम अनि पुलिस कर्मीहरू साथमा लिएर विभिन्न बुथहरूको लागि प्रस्थान भइरहेका छन्। भोलि बिहान 7 बजीदेखि सुरू हुने जीटीए चुनाउको लागि आज नै सबै चुनाउ अधिकारीहरू आ-आफ्नो बुथहरूमा प्रस्थान गरिसकेका छन्।


सूचना अनि सांस्कृतिक विभाग खरसाङका अधिकारी दिपक कर्मकारले आज खरसाङको सन्त अल्फन्सेस विद्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै दिएको जानकारी अनुसार भोलि  आइतवार हुने जीटीए चुनाउको लागि खरसाङ विधानसभा समष्टीमा जम्मा 15 वटा समष्टिहरू रहेका छन् भने त्यहाँ मोठ 324 वटा चुनाउ बुथ रहेको छ भने 22 जना रिटर्निङ अफिसरहरू रहेका छन्। खरसाङ क्षेत्रमा मात्रै यसपाली भोट हाल्ने मतदाताहरूका संख्या पुरुषहरू 1,20578, महिलाहरू 1,26127 अनि जम्मा 2,46706 जना मतदातहरू रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *