खरसाङको दिलाराम चियाकमानमा उप-स्वास्थ्य केन्द्र निर्माणको लागि भूमिपुजा

खरसाङ : खरसाङको टुङ सन्तमेरिज समष्टि अन्तर्गत दिलाराम चियाकमानमा उप-स्वास्थ्य केन्द्र निर्माणको लागि आज भूमिपुजा कार्यक्रम सम्पन्न भयो। यस अवसरमा सभासद नुरी शेर्पाले भने, धेरै वर्ष अघिदेखि यस क्षेत्रका मानिसहरूले उप-स्वास्थ्य केन्द्रको निमार्ण गरिदिने माग गर्दै आएकोले अब तिनीहरूको माग पुरा हुन गइरहेको छ। यसको निम्ति जीटीए कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा अनि सम्बन्धित अधिकारीलाई शेर्पाले धन्यवाद दिएका छन्। उक्त उप0स्वास्थ्य केन्द्र निर्माण गरिदिने भएकोले जीटीए कार्यपाल अनित थापा, टुङ सन्तमेरिज समष्टि सभासद नुरी शेर्पा, दिपेश तामाङ,  सुकुना प्राथामिक स्वास्थ्य केन्द्रका बीएमओएच, खरसाङ भूमि-भूमिसुधार अधिकारीखरसाङ अभियन्ता विभाग अधिकारी अनि दिलाराम चियाकमानका प्रबन्धक रामकुमार राईलाई गाउँलेहरूको तर्फबाट बसन्त कुलुङ राईले धन्यवाद दिए। उक्त क्षेत्रमा उप-स्वास्थ्य केन्द्र निर्माण गरिने भएकोले गाउँलेहरूमा खुसीको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *