खरसाङको दुधेदेखि लङ्भ्यु जाने रोडमा पैह्रो, दुईवटा घर क्षतिग्रस्त

खरसाङ (निसं) : लगातार रूपमा हिजोदेखि परिरहेको पानीको कारण आज बिहान खरसाङ महकुमाको दुधेदेखि लङ्भ्यु रोडमा पैह्रो गएको छ। आज बिहान लगभग 9 बजी दुधेदेखि लङ्गभ्यु जाने रोडमा अचानक पैह्रो गएपछि दुईवटा घरलाई क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ। उक्त पैह्रोले दुधेको एउटा मिल दोकानलाई पनि पूर्ण रूपले क्षति पुर्‍याएको छ भने सुदिप विश्वकर्माको घरलाई पनि पैहोले भत्काइ दिएको छ।


यसको पैह्रोले बगाएर ल्याएको माटो र पानी घरभित्र पसेको बताइएको छ। उक्त पैह्रोमा बाटो र घरलाई क्षति पुर्‍याए तापनि कसैको ज्यानलाई कुनै क्षति नभएको थाहा लागेको छ। वर्षाको शुरुवातमा नै यसरी पैह्रौ गएपछि दुधेवासीले असुरक्षित महसुस गर्न थालेका छन्।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *