खरसाङको दुधेमा हात्तीको हमलाले दुईवटा घर क्षतिग्रस्त

खरसाङ (निसं): आज बिहान लगभग साढ़े चार बजी खरसाङ खण्ड अन्तर्गत तराईको दुधेमा जंगली हात्ती पसेर ताण्डव मच्चाउनको साथै 2 वटा घर क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारी अनुसार बिहान दुधे क्षेत्रमा हात्ती पसेपछि इलाकावासीहरू आतङ्कित बने।  


हात्तीको हमलामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याए तापनि यहाँको राई गाउँ निवासी नरबहादुर राईको भान्सा घर र शान्ति बस्ती निवासी भीमबहादुर विश्वकर्मको पनि भान्सा घर भत्काइ दिएपछि दुवै घरका मानिसहरूलाई निक्कै असुविधा भइरहेको बताइएको छ।  हात्ती पसेर उत्पात मच्चाएपछि विशेष गरेर राई गाउँ, शान्ति बस्ती लगायतका गाउँका मानिसहरू धेर आतङ्कित बनेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *