खरसाङको गाड़ीधुरामा सहिद मेजर दुर्गा मल्लको 109औँ जन्म जयन्ती पालन

खरसाङ (निसं): खरसाङको गाड़ीधुरामा सहिद मेजर दुर्गा मल्लको 109औँ जन्म जयन्ती पालन गरियो। गाड़ीधुराको नवदीप परिवारद्वारा 2021-मा निर्माण गरिएको मेजर दुर्गा मल्लको सालिग परिसरमा नवदीप परिवारद्वारा मेजर दुर्गा मल्लको जन्म जयन्ती पालन गरियो। संघका सदस्यहरूले सहिद दुर्गा मल्लको सालिगमा फुल माला चढ़ाएर साधरण रूपमा जन्म जयन्ती पालन गरियो। वर्षायामलाई ध्यानमा राखेर कुनै भव्य कार्यक्रमको आयोजना नगरिएको संघका सदस्यहरूले जानकारी गराए। यसको साथै मणिपुरमा पैह्रोको चपेटामा परेर सहिद भएका भारतीय सेनामा कार्यरत गोर्खा सैनिकहरूलाई पनि श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति संघको तर्फबाट समवेदना प्रकट गरियो। आजको यस जन्म जयन्ती कार्यक्रममा संघका सचिव रोशन विश्वकर्मा, कोषाध्यक्ष सुवास छेत्री, वरिष्ठ सदस्य डीके विश्वकर्मा, सदस्य संजोग रोका, कुनाल छेत्री लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *