खरसाङको घैयाबारी प्राइमेरी हेल्थ सेन्टरमा सेनिटाइज

खरसाङ: आज खरसाङ महकुमा अन्तर्गत घैयाबारी प्राइमेरी हेल्थ सेन्टरमा सेनिटाइज गरियो। महानदी तीनधारे समष्टिको युवा मोर्चा कन्भेनर केवल राईको अगुवाईमा घैयाबारी युवा मोर्चा अनि खरसाङ महकुमा युवा मोर्चा साथै टाक्स फोर्सका सभापति पेमेन्द्र गुरुङको सहयोगमा सेनिटाइजर र ब्लिटिघ छर्किने कार्य गरियो। उक्त कार्यमा युवा मोर्चाका खरसाङ महकुमा सभापति पेमेन्द्र गुरुङ आफै घैयाबारीमा उपस्थित रहेका थिए। हाल घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा बिमारीहरू राख्न थालिएको छ भने बेला-बेलामा सेनिटाइज गरिनु पर्ने आवश्यकतालाई ध्यानमा राखेर खरसाङ युवा मोर्चाका सभापति पेमेन्द्र गुरुङ र टाक्स फोर्सका सहयोगमा घैयाबारी प्राथमिक स्वास्थ्यको भित्रपट्टि र बाहिरपट्टि पूर्ण रुपमा सेनिटाइज गरिएको हो। यसरी खरसाङबाट आएर सेनिटाइज गरिएकोमा युवा मोर्चाका तीनधारे महानदी समष्टिका संयोजक केवल राई र विपन विस्वकर्मले पेमेन्द्र गुरुङ लगायत टाक्स फोर्सका टिमलाई नै घैयाबारीको जनता र युवा मोर्चाको तर्फबाट धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *