खरसाङको घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण केन्द्र आजदेखि बन्द

खरसाङ : खरसाङ महकुमा क्षेत्र अन्तर्गत 22 वटा चियाबारीका श्रमिकहरूको कल्याणको लागि घुम्ती चियाबारीमा रहेको आदर्श श्रमिक कल्याण केन्द्र आजदेखि तालाबन्दी गरिएको छ। आदर्श श्रमिक कल्याण केन्द्र सञ्चालन समितिको मागहरूलाई पूरा नगरिदिएको बताउँदै आजदेखि आदर्श श्रमिक कल्याण केन्द्रको सञ्चालन समितिले केन्द्रमा नै ताला लगाएर बन्द गरिदिएको छ। सन् 1966 सालमा पश्चिम बंगाल सरकारद्वारा श्रमिक कल्याण परिषद अधीनस्थ निर्माण गरिएको यो आदर्श श्रमिक कल्याण केन्द्र खरसाङ महकुमाभरिका जम्मा 22 वटा चियाबारी श्रमिकहरूका कल्याणको लागि खरसाङ महकुमा अन्तर्गत तीनधारे- महानदी समष्टिको घुम्ती कमानमा निर्माण गरिएको थियो। तर सन् 2019 को जुलाईमा यस केन्द्रको नाइट गार्ड कम चपरासी गगन थापाको निधन भएपछि यस केन्द्रको रेखदेखमा कोही नभएको साथै अहिले एकजना इन्चार्च छन्, जो सोनादाको पचेङमा रहेको श्रमिक कल्याण केन्द्रको पनि इन्चार्च हुन्। त्यसैले यस केन्द्रको रेखदेखको लागि 29 दिसम्बर 2019 मा सञ्चालन समिति गठन गरिएको जानकारी प्राप्त भएको छ। यही सञ्चालन समितिद्वारा आदर्श श्रमिक कल्याण केन्र्हको सञ्चालन समितिद्वारा इन्चार्जमार्फत् यस केन्द्रको लागि धेरैवटा मागहरू गर्दै पाँचपल्ट ज्ञापन पत्र श्रमिक कल्याण परिषदका सह-अधिकारीलाई दिए तापनि कुनै पनि माग अहिलेसम्म पूरा नगरिदिएको कारणले यो केन्द्र आजदेखि तालाबन्दी गरेको बताइएको छ। सञ्चालन समितिको सभापति सनबहादुर तामाङ, सचिव सूर्यनारायण प्रधान, कोषाध्यक्षा सुमा प्रधान र कार्यकारी सदस्य विकास मंगरको उपस्थितिमा उक्त केन्द्रलाई बन्द गरेको छ। यस विषयमा आदर्श श्रमिक कल्याण केन्द्रको सचिव सूर्यनारायण प्रधानले यो केन्द्र खरसाङको 22 वटा चियाबारीका श्रमिकहरूको कल्याणको लागि रहेको तर यो केन्द्र सञ्चालन गर्नलाई हामीले गरेको मागहरू हालसम्म पूरा नभएको बताएका छन्। तिनले यस केन्द्रको सफाई कर्मीको अनुपस्थितिमा यहाँको कञ्चना कन्या समूहले सर सफाई गरिरहेको र यो केन्द्रबाट उठेको रकम उक्त समूहलाई दिनुपर्ने, राति एकजना नाइट गार्ड हुनु पर्ने, दिउँसोको लागि पनि एकजना चपरासी हुनु पर्ने र उक्त पदमा पहिलेको चपरासी दिवंगत गगन थापाकी पत्नीले पाउनु पर्ने, यस केन्द्रको इन्चार्ज स्थायी रुपमा हुनुपर्ने कारण अहिलेको इन्चार्ज सोनादा पचेङको पनि इन्चार्ज भएकोले यहाँ स्थायी रुपमा एकजना इन्चार्ज दिनुपर्ने र यी सबै मागहरू चियाबारी क्षेत्रबाट नै पूरा गरिनुपर्ने पनि माग रहेको जानकारी दिएका छन्। त्यसरी नै आदर्श श्रमिक कल्याण सञ्चालन समितिको सभापति सनबहादुर तामाङले जानकारी गराए अनुसार यस केन्द्रको सञ्चालन हेतु 22 वटै चियाबारीका श्रमिकहरूको पक्षबाट प्रतिव्यक्ति श्रमिकबाट वार्षिक 36 रुपियाँ गरेर संग्रह गरिन्छ तर यो संग्रहित रुपियाँ यहाँ आएको छैन। रूपियाँ संग्रह गरिँदैछ तर यहाँ आएको छैन, त्यसैले हाम्रो माग हो त्यो संकलन गरिएको रकम पनि यही आउनुपर्छ भनी तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes