खरसाङको घुम्ती र सिविटार चियाबारीका श्रमिकहरूलाई भ्याक्सिनको पहिलो खोप

खरसाङ : खरसाङ खण्ड अन्तर्गत घुम्ती चियाबारी र सिविटार चियाबारीका श्रमिकहरूलाई आज आ-आफ्नो क्षेत्रमा भ्याक्सिनको पहिलो खोप लगाइयो। यस अन्तर्गत 45 वर्ष माथिका घुम्ती चियाबारीमा 200 जना र सिविटार चियाबारीमा पनि 200 जनालाई कोरोनाको पहिलो खोप लगाइयो। सुकना खण्ड स्वास्थ्य केन्द्रको आयोजनामा स्वास्थ्य कर्मीहरूद्वारा लगाइएको यस पहिलो खोप अन्तर्गत सिविटार चियाबारीमा कार्यरत् 95 जना श्रमिकहरू र नन वर्करहरू गरेर मोठ 200 जनालाई भ्याक्सिन लगाइयो। यस विषयमा सिविटार चियाबारीका मुख्य प्रबन्धक मुक्लेश्वर रहमान चौधरीले बताएअनुसार चियाबारीका श्रमिकहरूले भ्याक्सिनको व्यवस्था गरिदिने निवेदन गरेअनुसार सुकना खण्डको स्वास्थ्य अधिकारीसित सम्पर्क गरेर आज मोठ 2 सयजनालाई कोरोनाको भ्याक्सिन लगाइएको हो। भ्याक्सिनको व्यवस्था गरिदिएकोमा सुकना खण्ड स्वास्थ्य अधिकारी डा. हसिबुल मल्लिक लगायत स्वास्थ्य कर्मचारीहरूप्रति तिनले आभार प्रकट गरे। आजको भाक्सिन कार्यक्रम विषयमा गोजमुमो समर्थित श्रमिक संगठन डीटीडीपीएलयु खरसाङ महकुमा समितिका उप सभापति जनक छेत्रीले डीटीडीपीएलयु खरसाङ महकुमा समितिले पहिलेबाटै प्रत्येक बगानमा श्रमिकहरूलाई भ्याक्सिन लगाउनुपर्छ भनेर सुकना खण्ड स्वास्थ्य अधिकारी, खरसाङ खण्ड विकास अधिकारी र खरसाङ महकुमा शासकलाई ज्ञापन दिएको थियो र त्यसैको आधारमा साथै सिविटार चियाबारीको प्रबन्धक पक्षको पहलमा आज 95 जना श्रमिकहरू लगायत अस्थायी श्रमिकहरू र वरिष्ठ नागरिकहरू गरेर मोठ 200 जनालाई पहिलो खोप लगाइएको बताए। तिनले यस भ्याक्सिन कार्यको लागि सरकार पक्ष, सुकना खण्ड स्वास्थ्य केन्द्र, डीटीडीपीएलयु खरसाङ महकुमा समिति र गोजमुमो महासचिव अनित थापाप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *