खरसाङको गिद्ध पहाड़स्थित नेताजी म्युजियममा सुवासचन्द्र बोसको जन्मदिन पालन

खरसाङ (निसं): नेताजी सुवासचन्द्र बोसको 126 औं जन्म जयन्ती खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियममा सम्पन्न भयो। गत वर्षभन्दा केही सानो रूपमा पालन गरिएको नेताजी जयन्तीमा मुख्य रूपमा खरसाङ महकुमा शासक साथै नेताजी म्युजियमको चेयरम्यान आईएएस एजाज अहमद उपस्थित रहेका थिए। खरसाङ महकुमा शासक आईएएस एजाज अहमदको बाहुलीबाट म्युजियम अघि राष्ट्रीय झण्डा उत्तोलन गरियो। तिनकै बाहुलीबाट नेताजीको सालिगमा खदार्पणसहित मूल-माला चढाएर श्रद्धाञ्जलि अर्पण गरियो। त्यसरी नै उपस्थित सबै जनाले नेताजीको सालिगमा खदार्पण गर्नको साथै श्रद्धाञ्जलि अर्पण गरे। यसपाली विशेष गरेर कङ्ग्रेस पार्टीको भारत जोडो यात्रा खरसाङको गिद्ध पहाड़स्थित नेताजी म्युजियमबाट नै शुरु गरिने भएको कारणले गर्दा यसपाली म्युजियमको तर्फबाट सामान्य रूपमा कार्यक्रम मात्र गरिएको बताइएको छ। आजको 126 औं जन्म जयन्ती विषयमा नेताजी म्युजियमको इञ्चार्ज गणेश प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *