खरसाङको गिद्धेमा दार्जिलिङ ट्रक ओनर्स वेलफेयर एसोसिएसनको मुख्य कार्यालयको उद्घाटन

खरसाङ: दार्जिलिङ ट्रक ओनर्स वेलफेयर एसोसिएसनको मुख्य कार्यालय आज खरसाङको गिद्धे पहाड़मा उदघाटन गरियो। दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएसनका सभापति मन्ना तिखत्रीको बाहुलीबाट उक्त कार्यालयको उद्घाटन गरियो। यस अवसरमा दार्जिलिङ ट्रक चालक संगठनका सभापति हरिप्रसाद प्रधान लगायत ट्रक मालिक तथा चालकहरू उपस्थित थिए। दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएसनका मुख्य कार्यालय उदघाटन गरेपछि सभापति मन्ना त्रिखत्रीले पत्रकारहरूसित कुराकानी गर्दै उक्त मुख्य कार्यालय ट्रक चालकहरू र मालिकहरूले भोग्दै आइरहेको विभिन्न समस्याहरू विषयमा कार्य गर्नलाई उदघाटन गरिएको बताउँदै ट्रकहरूमार्फत् नै पहाड़मा धेरै कार्यहरू हुने भएकोले गर्दा यो संगठन पहाड़को लागि लाइफ लाइन हो भनी बताए। तिनले आफूहरूको अन्य विकल्प नरहेको बताउँदै ट्रकबाट नै घर परिवार पाल्ने साथै पहाड़का मानिसहरूको कार्यहरू गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *