खरसाङको गोजयुमो टुङ शाखा पुनगर्ठन

खरसाङ : खरसाङ खण्डको टुङ सन्त मेरिज अन्तर्गत अप्पर टुङ र शान्ति टोलको संयुक्त तत्वावधानमा अनि राजीव तामाङको सभापतित्वमा आज गोजयुमोको सभा सम्पन्न भयो। सभामा युवा मोर्चाको टुङ शाखालाई पुर्नगठन गरियो। अलिक छेत्रीले सञ्चालन गरेको सभालाई सम्बोधन गर्दै युवा मोर्चा खरसाङ महकुमा सभापति पेमेन्द्र गुरूङले विगतको राजनीति इतिहासमा युवाहरूलाई बोल्न नदिने केवल प्रयोग मात्र गरेको तथा झुटो आश्वासन देखाएर बोरामा हाल्ने काम गरेको बताउँदै वर्तमान अनित थापा अनि विनय तमाङको नेतृत्वमा सम्पूर्ण युवाहरूले बोल्न अनि खुलेर काम गर्न पाएको जनाए। नव गठित यस समितिमा सभापति- राजीव तामाङ,सचिव अखिल सिन्हा लगायत ६० जना मुख्य सल्लाहकार साथै कार्यकारणी सदस्यहरूको चयन गरियो। सभामा समष्टि सभापति नुरी शेर्पा, सचिव राजु गुरुङ, समष्टि युवा मोर्चा सचिव दिपेश तामाङ, गोजमुमो खरसाङ महकुमा सचिव अनोश थापा, खरसाङ महकुमा युवा मोर्चा सभापति प्रेमेन्द्र गुरुङ,महकुमा युवा मोर्चा उपसभापति बिशाल भुजेल,अनुस कान्त प्रधान उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *