खरसाङको गोर्खा जन पुस्तकालयमा पादरी गङ्गाप्रसाद प्रधानको 171औं जन्म जयन्ती पालन

खरसाङ : गोर्खा जन पुस्तकालय खरसाङको आयोजनामा आज आदि पत्रकार एवम् नेपाली भाषाको उत्थानमा महत्वपूर्ण योगदान दिने पादरी गङ्गाप्रसाद प्रधानको 171औं जन्म जयन्ती पालन गरियो। पुस्तकालयको उप सभापति प्रकाश प्रधानको अध्यक्षता र नाट्य कलाकार बिनोद प्रकाश प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई पुस्तकालयको सचिव विनोद रसाईलीले सञ्चालन गरेका थिए। गोर्खा जन पुस्ताकालयको अध्ययन कक्षमा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा समाजसेवी तिलक शर्मा, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा, आईएन शर्मा, पास्टर तिरस राई, तुलसी अधिकारी लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीबाट पाद्री गङ्गाप्रसाद प्रधानको तस्वीरमा खदार्पणसहित धुप द्वीप प्रज्वलन गरियो। कार्यक्रम शुरु हुन अघि वर्तमान महामारीमा अहिसेसम्म ज्यान गुमाउने स्रष्टाहरूका नाममा श्रध्दाञ्जलि अर्पण गर्दै मौन धारण पनि गरियो। कार्यक्रममा कवि बालकृष्ण थामी र आशा मुखिया लामाले कविता पठन गरे भने अबिदान सुब्बाले पाद्रीद्वारा लिखित गीत “प्रभु अर्जी सुनिदेऊ गोर्खालीले मुक्ति पाउने ढोका खोलीदेऊप्रस्तुत गरेका थिए। कार्यक्रममा पाद्रीको जीवनी, व्यक्तित्व र उनको योगदान विषयमा पाद्री गङ्गाप्रसाद प्रधान प्रतिष्ठान खरसाङको सचिव राजीव सुब्बाले विस्तृत रूपमा जानकारी गराएका थिए भने विशिष्ट अतिथि तिलक शर्माले खरसाङमा पाद्री गङ्गाप्रसाद प्रधानको सालिग निर्माण विषयमा अहिलेसम्मको रिपोर्ट प्रस्तुत गरेका थिए। त्यसरी नै प्रमुख अतिथि बिनोद प्रकाश प्रधान र सभाध्यक्ष प्रकाश प्रधानले पनि वक्तव्य राखेका थिए। वर्तमान कोरोना महामारीबीच कार्यक्रमलाई सानो र छोटो गरिएको थियो भने कोरोना महामारीको नियमलाई पालन गरिएको थियो। आजको कार्यक्रम विषयमा गोर्खा जनपुस्तकालयको सचिव विनोद रसाईलीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes