खरसाङको गोर्खा जातीय विभूति उद्यानमा सर-सफाई

खरसाङ : खरसाङ महाविद्यालयको एनसीसी अनि एनएसएस तथा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालका एनसीसी विद्यार्थीहरूले संयुक्त रूपमा मिलेर आज यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा सर -सफाई गर्ने कार्य सम्पन्न गरेका छन्। यसबारे खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलले भने, दुई दिनपछि 75 औं स्वतन्त्रता दिवस पालन गर्नेछौं र देशभरि नै उत्सव मनाउने कार्य गरिरहेका छौं र यस उत्सवलाई आजादीका अमृत महोत्सव पालन गरिँदैछ, जसमा स्वतन्त्र सेनानीहरूको सालिग सर- सफाई कार्य गरिने छ। त्यसै अनुरुप हामीले आज खरसाङ महाविद्यालयको एनसीसी र एनएसएस साथै रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयका एनसीसीका विद्यार्थीहरू मिलेर यहाँको गोर्खा जातीय विभूति उद्यानमा रहेका सालिगहरूको सर सफाई गर्ने कार्य गरिएको हो। अब वर्षेनी रुपमा आगामी दिनमा पनि महाविद्यालयको एनसीसी विद्यार्थीहरूले उक्त जातीय विभूति उद्यानको सर सफाई गर्ने डा. समीर बलले बताए। यस अवसरमा विद्यार्थीहरूले नयाँ बजारस्थित कप्तान रामसिंह ठकुरीको सालिगमा पनि श्रध्दाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *