खरसाङको गौरीशंकर चियाबारीमा भागोप्रमो-को सभा सम्पन्न

खरसाङ : गिद्धे पहाड 29 नम्बर समष्टिको पहलमा गौरीशंकर चियाबारी सार्वजनिक भवनमा समष्टि अध्यक्ष पेवेन्द्र गुरूङकै अध्यक्षतामा समष्टिका प्रतिनिधिहरूलाई लिएर कर्मी सभा सम्पन्न गरियो। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति अध्यक्ष अनित थापा, महासचिव अमर लामा, सांगठनिक सचिव रतन थापा, खरसाङ महकुमा सचिव प्रणाम रसाईली, युवा मोर्चा सचिव विज्ञान राई, खरसाङ नगरपालिका उपाध्यक्ष सुबास प्रधान एवम् पार्षद् -पार्षदिका विषेश रूपमा उपस्थित थिए।


उक्त सभालाई सम्बोधन गर्दै अनित थापाले भने, संगठन गर्नुको उद्देश्य मैले के पाए पाइन नहेरेर जब हामीले जनहित सेवा कार्य गर्छु भनेर अघि आएपछि व्याक्तिगत स्वार्थलाई पन्साएर जनहित सेवा गर्नु नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उद्देश्य हो। यसर्थ सम्पूर्ण पार्टीका प्रतिनिधिहरूको मनमा यस प्रकारको उद्देश्य रहेको हुनुपर्छ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *